२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेपाल र यूएईबीचको तेस्रो खेल वर्षा र चट्याङका कारण प्रभावित

२० माघ, काठमाडौँ । नेपाल र यूएईबीचको टी-२० क्रिकेट श्रृंखला अन्तर्गत तेस्रो तथा अन्तिम खेल वर्षा र चट्याङका कारण प्रभावित भएको छ । दुबईमा बिहानैदेखि वर्षासँगै हावाहुरी र चट्याङ परेकाले नेपाली समयअनुसार दिउँसो सवा दुई बजे हुनुपर्ने टस समेत हुन सकेन । खेल दिउँसो पौने ३ बजेबाट शुरू हुने पूर्वनिर्धारित तालिका थियो ।

श्रृंखलामा यसअघि दुवै टोलीले १-१ खेल जितेका छन् । पहिलो खेल यूएईले २१ रन तथा दोस्रो खेल नेपालले ४ विकेटले जितेका थिए ।त्यसअघि भएको एकदिवसीय क्रिकेट श्रृंखला भने नेपालले जितेको थियो । पहिलो खेल हारेको नेपालले त्यसपछिका लगातार दुई खेल जित्दै खला २-१ ले आफ्नो नाममा लेखाएको थियो ।

आजको खेल हुन सकेमा जित्ने टोलीले श्रृंखला आफ्नो नाममा लेखाउने छ, अन्यथा बराबरीमा टुंगिने छ ।

प्रकाशित मिति : २० माघ २०७५, आईतवार १५:०१