१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

गगन थापाले ससुराको जिम्मा लिन मानेनन्, यस्तो छ प्रष्टिकरण

१५ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो ससुरा कांग्रेस नेता अर्जुननरसिंह केसीको जिम्मा लिन अस्वीकार गर्नुभएको छ । समानुपातिक निर्वाचन प्राणालीको बन्द सूचीमा केसीको नाम चढेपछि धेरैले गगनसँग जोडेर टिप्पणी गरेका छन । सोही टिप्पणीमा प्रष्टिकरण दिँदै महामन्त्री थापाले जिम्मा लिन अस्वीकार गर्नुभएको हो ।

dainiki.com

उहाँले आफ्नो चाहना विपरित अर्जुननरसिंह केसी समानुपातिकको उम्मेदवार बनेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छुः यो मेरो चाहना विपरित हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो।’

उहाँले महामन्त्रीमा सँगै प्रतिस्पर्धा गरेको स्मरण गर्दै अगाडि भन्नुभएको छ, ‘मेरो र उहाँको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिन्छन्। जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासंग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौं। यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मत भिन्नता रह्यो।’

प्रकाशित मिति : १५ पुष २०८२, मंगलवार १८:०७