१४ पुष २०८२, सोमबार | Mon Dec 29 2025

दोहोरो अंकले घट्यो सेयरबजार, कारोबार रकममा पनि गिरावट

१४ पुस, काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ ।

आज ३३७ कम्पनीको एक करोड ३७ हजार ३०७ कित्ता शेयर ६९ हजार ५४८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ ।

एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको सबैभन्दा बढी रु २३ करोड दुई लाख ४१ हजार ९३६ बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको तीन लाख दुई हजार नौ सय कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १४ पुष २०८२, सोमबार १५:३९