एमालेका समानुपातिक उम्मेदवारको टुंगो केपी ओली एक्लैले लगाउने
१३ पुस, काठमाडाैँ । नेकपा (एमाले)को समानुपातिक उम्मेदवारको टुंगो अध्यक्ष केपी शर्मा ओली एक्लैले लगाउने हुनुभएको छ । एघारौँ महाधिवेशनमा प्रतिनिधि मनोनयन गरेकै शैलीमा ओलीले समानुपातिकको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी सचिवलय बैठक मार्फत आफैँलाई दिनुभएको छ ।
उम्मेदवारका विषयमा सचिवालय बैठकमा विभिन्न खालका टिप्पणी उठेर स्पष्ट मापदण्ड बनाएर अघि बढ्नुपर्ने विषय कतिपय पदाधिकारीले राखेपनि ओलीले अधिकार आफूमा निहीत गरेर टुंगो लगाउने जिम्मा लिनुभएको हो ।

आइतबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको सूचीमा सुझाव परेका कारण ओलीले अन्तिम निर्णय गर्नेगरी जिम्मा दिएको बताउनुभयो । उहाँले सोमबार निर्वाचन आयोगमा सूची पठाउने निर्णय भएको पनि बताउनुभयो ।
प्रकाशित मिति : १३ पुष २०८२, आईतवार २०:०४












