१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

चाँदी आयातका लागि अब २० लाख अमेरिकी डलरसम्मको सटही सुविधा

१३ पुस, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ ।

नेपाल राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा उद्योगले २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने जनाएको हो ।

यसअघि उद्योगले एकपटकमा पाँच लाख र अन्य व्यवसायीले एक लाख अमेरिकी डलर बराबरको चाँदी आयातका लागि मुद्रा सटही सुविधा पाउने गरेका थिए । राष्ट्र बैंकले नयाँ व्यवस्थामार्फत मासिक कोटा तोकिदिएको हो ।

प्रकाशित मिति : १३ पुष २०८२, आईतवार १६:५३