२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

समानुपातिकको बन्द सूचीबारे निर्णय लिन एमाले सचिवालय बैठक बस्दै

१३ पुस, काठमाडाैँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपतिक तर्फको बन्द सूची बुझाउन नेकपा (एमाले)ले सचिवालय बैठक बस्दै छ।

पार्टी मुख्यालय च्यासलमा आइतबार बिहान ११ बजे सचिवायल बैठक बस्न लागेको एक पदाधिकारीले दैनिकीलाई जानकारी दिए । आज आइतबार र भोलि सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्ने निर्वाचनको कार्यसूची रहेको छ।

एमालेको एघारौं महाधिवेशनपछि बस्न लागेको यो सचिवालयको पहिलो बैठक हो । बैठकमा नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुनेछ ।

प्रकाशित मिति : १३ पुष २०८२, आईतवार ०८:३४