प्रभु बैंकका सीईओ शेरचन रिहा
११ पुस, काठमाडौँ । प्रभु बैंकका सीईओ अशोक शेरचनलाई रिहा हुनुभएकाे छ । सरकारी वकिलको कार्यालयले शुक्रबार शेरचनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो ।
अब शेरचनलाई बाहिरै राखेर मुद्दाको थप अनुसन्धान हुने सीआईबीले जनाएको छ ।
शेरचन मंसिर १४ गते पक्राउ पर्नुभएकाे थियाे ।
प्रकाशित मिति : ११ पुष २०८२, शुक्रबार १६:२७












