११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

एमाले अध्यक्ष ओली भेट्न गुण्डुमा मन्त्री खरेल

१० पुस, काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएकाे छ ।

खरेल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुग्नुभएकाे हाे ।

ओलीसँग निर्वाचन केन्द्रित छलफल भएको मन्त्री खरेलले जानकारी दिनुभयाे । मन्त्री खरेलले आजै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ पुष २०८२, शुक्रबार १२:५१