नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, शपथ आजै
११ पुस, काठमाडाैँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने हुनुभएकाे छ । शर्मालाई आज २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउन भूमिका खेल्नेदेखि, कोभिड संकटको बेला सीसीएमसीमा समेत काम गरिसक्नुभएकाे शर्माको नियुक्तिसँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ।
प्रकाशित मिति : ११ पुष २०८२, शुक्रबार १२:२८












