१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

`तेरो आमाको पोइ हो म…´ भन्ने अडियो काण्डपछि गणेश पाण्डे माथि कारवाहीको दवाब

१० पुस, काठमाडौं । `तेरो आमाको पोइ हो म…´  अश्लील अडियोका कारण विवादित बनेका प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलाई पदमुक्त गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित निवेदन पेश भएको छ ।

चौतारीको केन्द्रीय कमिटीमा रहेका २३ जनाले हस्ताक्षरसहित ओलीसमक्ष निवेदन दिएको एक पदाधिकारीले दैनिकीलाई जानकारी दिए  । हस्ताक्षर बुझाउनेहरूले तत्काल बैठक डाक्न पनि संगठनका महासचिव हीरामान लामासमक्ष माग गरेको ती पदाधिकारीले बताए ।

ओलीलाई बुझाइएको अनुरोधपत्रमा उपाध्यक्ष एवं केन्द्रीय महिला विभाग प्रमुख कृपा भण्डारी, बागमती इन्चार्ज प्रतिमा सिलवाल, महिला विभाग उपप्रमुख रेनु पराजुलीलगायत रहनुभएको छ ।

पाण्डेले पोखराका पार्टीकै युवा नेता मञ्जीव क्षेत्रीलाई गालीगलौज गरेको अडियो सामाजिक सञ्जालमा भाइरल छ ।

पाण्डेले फेसबुकमा कहिले एआईको प्रयोग, कहिले मैले बोलेको भनेर स्वीकार गरेको उल्लेख गर्दै निवेदनमा यसले संगठनको गरिमामा आँच पुर्‍याएको महसुस गरेको उल्लेख गरिएको छ । सामाजिक सञ्जालमा पटकपटक व्यक्त गरेका र पुस ४ मा लेखेका स्टाटसले अध्यक्ष ओली र अन्य नेतालाई समेत मुछेर बदनाम गराइएको उनीहरूको निचोड छ ।

यसअघि चौतारीका केही पदाधिकारीसँग ओलीले ढिसमिस भैसकेको भन्दै यस्ता झिनामसिना कुरामा नअल्झिन निर्देशन दिएको विषय जनआस्थाले सार्वजनिक गरेको थियो । अब ओलीले पाण्डेलाई कारबाही गरे एमाले केन्द्रीय सदस्य बनाउने दैनिकीको सम्पर्कमा रहेका चौतारीका पदाधिकारी बताउँछन ।

प्रकाशित मिति : १० पुष २०८२, बिहीबार १९:४१