भेडेटारमा तीन दिने खाना महोत्सव हुँदै
९ पुस, धनकुटा । यही पुस १६ देखि १८ गतेसम्म भेडेटारमा १३औंँ खाना महोत्सव आयोजना गरिने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पूर्वी भारतका पर्यटकलाई लक्षित गरेर होटल एसोसियसन भेडेटारले विगतमाझैँ यसवर्ष पनि महोत्सव आयोजना गरेको हो ।
यसवर्ष महोत्सवको प्रचारका लागि भारतीय सञ्चार माध्यमको सहयोग लिइएकाले होटलहरुमा विगतका वर्षहरु भन्दा बढी व्यापार हुने हुने अपेक्षा गरिएको महोत्सव आयोजक होटल एसोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले बताउनुभयो ।
साँगुरीगढी गाउँपालिका–६ भेडेटार बजारमा हुन लागेको यस महोत्सवमा स्थानीयस्तरमा उत्पादित फलफूल, तरकारी र घरेलु उत्पादनको प्रदर्शनी रहनेछ । यहाँ आउने पर्यटकले विभिन्न जातजातिको खानाका परिकारकोसाथै स्काई वाक, साँगुरीगढी, नमस्ते झरना, ध्वजेडाँडा र भ्युटावर, होमस्टेलगायत विभिन्न १९ वटा गन्तव्यको भ्रमण अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ ।
प्रकाशित मिति : ९ पुष २०८२, बुधबार १९:३६






