जेनजी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह
९ पुस, काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक जेनजी जनविद्रोहलाई यथास्थितिमा तुहाउने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।
आज पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले राज्यको बेइमानी र प्रतिक्रियावादी शक्तिको घेराबन्दीका कारण मुलुक गम्भीर सङ्कटतर्फ धकेलिँदै गएको बताउनुभयो ।
भ्रष्टाचार, बेथिति र दलिय अत्याचार मौलाउँदै जाँदा जनआन्दोलन कमजोर पार्ने प्रयास भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
बैठकमा समसामयिक राजनीति, सङ्गठन सुदृढीकरण, आगामी कार्ययोजनाबारे छलफल भइरहेको पार्टीका प्रवक्ता चन्द्रभूषण साहले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ९ पुष २०८२, बुधबार १८:४१












