९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति

९ पुस, काठमाडौँ । राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ । कमल थापाले फेसबुक मार्फत यसको जानकारी दिनुभएको छ ।  राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र  थापा नेतृत्वको राप्रपा नेपालबीच पार्टी एकताको सहमति भएको हो । एकतामा आजै साँझ ७ बजे हस्ताक्षर हुने जनाइएको छ ।

दुबै दल नेपालमा राजसंस्था पुनःस्थापनाका लागि अभियान चलाइरहेका छन । देशमा अस्थिरता बढीरहेको समयमा दुबै राजावदी दल एक ठाउँमा हुने कुरालाइ अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ९ पुष २०८२, बुधबार १८:२०