१३ माघ २०८२, मंगलवार | Wed Jan 28 2026

नेप्सेमा ४ कम्पनीको बोनस सेयरको मूल्य समायोजन, कुनको मूल्य कति ?

९ पुस, काठमाडाैँ । नेपाल स्टक एक्सेचन्ज (नेप्से) मा ४ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएकाे छ ।

नेप्सेमा रु रु जलविद्युत, मिड सोलु हाइड्रोपावर, स्वावलम्बन लघुवित्त र चन्द्रागिरी हिल्सलको बोनस सेयरमा मूल्य समायोजना भएको हाे। यी कम्पनीहरुको बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर मूल्य समायोजना भएको हाे ।

जसमा रु रु जलविद्युतको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा ६६०.९१ रुपैयाँमा कायम भएको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ७२७.०० रुपैयाँलाई आधार मानेर मूल्य सामयोजना गरेको हो ।

यस्तै, मिड सोलु हाइड्रोपावरको १५ प्रतिशत बोनास सेयरमा पनि मूल्य समायोजना भएकाे छ । मिड सोलुकाे सेयरमा मूल्य ७९८.२६ रुपैयाँमा कायम भएको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ९१८ रुपैयाँलाई आधार मानेर मूल्य सामायोजन गरेको हो ।

यसैगरी, स्वावलम्बन लघुवित्तको ५.६३६५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएर ७२७.०२ रुपैयाँ कायम भएको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ७६८ रुपैयाँलाई आधार मानेर मूल्य सामायोजन गरेको हो ।

यस्तै, चन्द्रागिरी हिल्सलेको ५ प्रतिशतमा मूल्य समायाेजन भएर ८४३.८१ रुपैयाँ कायम भएको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ८८६ रुपैयाँलाई आधार मानेर मूल्य सामयजना गरेको हो ।

कम्पनीहरुको यही समायोजित मूल्यलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ ।

प्रकाशित मिति : ९ पुष २०८२, बुधबार १८:१२