७ असार २०८३, आइतबार | Sun Jun 21 2026

शिक्षाले छाडिन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, अनुसन्धान र कारबाही नरोकिने

९ पुस, काठमाडाैँ । अमेरिकी नागरिक शिक्षा भट्टचनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षबाट राजिनामा दिएकी छन । दैनिकी सहितका सञ्चारमाध्यमले शिक्षा अमेरिकी नागरिक भएर अबैध रूपमा अध्यक्षमा बाहल रहेको समाचार प्रकाशन गरेपछि राजिनामा दिएकी हुन । शिक्षाको राजिनामा पुस ७ गतेको सञ्चालक समिति बैठकले राजीनामा स्वीकृत गरेको हो ।

इन्स्योरेन्सले राजिनामा स्वीकृत भएको जानकारी धितोपत्र बोर्डमा समेत गराइसकेको छ । अब बस्ने सञ्चालक समितिको बैठकले नयाँ अध्यक्ष चयन गर्ने बुझिएको छ । इन्स्योरेन्सको भावि अध्यक्षमा अस्मिता सुमार्गी आउने सम्भावना रहेको बुझिएको छ ।

dainiki.com

विवादित व्यवसायी देवीप्रकाश भट्टचनकी सुपुत्री शिक्षा अमेरिकी नागरिक भएर पनि कानुनलाई झुक्याएर इन्स्योरेन्स कम्पनीको अध्यक्ष भएको कुरा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काे अनुसन्धानले खुलासा गरेको थियाे ।

सीआईबीले यस विषयमा पनि अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । सीआईबीले कात्तिक ११ गते प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेपछि समूहभित्रको शक्ति–सञ्जाल क्रमशः खुल्दै गएको छ।

स्वास्थ्य अवस्थाको कारण देखाउँदै उनी कात्तिक १५ गते रिहा भए पनि, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित अन्य उच्च अधिकारीहरू भने गत १४ मंसिरदेखि अझै प्रहरी हिरासतमै छन् । प्रभु समूहले प्रभु बैंकबाट लिएको कर्जाको मनपरी प्रयोग र त्यसमा देखिएको सम्भावित आपराधिक संलग्नतामाथि सीआईबीले  अनुसन्धान गरिरहेको छ।

कानुन के भन्छ ?

बीमा ऐन, २०७९ को दफा ८ (३) (क) ले स्पष्ट रूपमा भन्छ अध्यक्ष र सदस्य हुन अनिवार्य रूपमा नेपाली नगारिक हुनुपर्छ । दफा ८ को अध्यक्ष वा सदस्यको योग्यता र अयोग्यता सम्बन्धी उपदफा (३) (क) मा गैर नेपाली नागरिक त्यस्तो पदमा नियुक्तिका लागि अयोग्य मानिने उल्लेख ।

यस्तै, नेपाल राष्ट्र बैंक अन्तर्गतका बैंक तथा वित्तीय संस्थाका लागि लागू बैंक तथा वित्तीय संस्था ऐन, २०७३ मा पनि सञ्चालक, अध्यक्ष वा प्रमुख पदमा रहने व्यक्तिले नेपाली नागरिकता अनिवार्य रूपमा कायम राख्नुपर्ने व्यवस्था छ।

यति मात्र होइन, नेपालको संविधानको धारा २८९ ले सार्वजनिक पद तथा संवैधानिक/नियामक निकायसँग सम्बन्धित पदहरूमा विदेशी नागरिकको संलग्नतालाई निषेध गरेको मर्म पनि यही दिशामा केन्द्रित छ। बीमा कम्पनी सार्वजनिक सेयर संरचनामा आधारित (पब्लिक लिमिटेड) संस्था भएकाले त्यसको अध्यक्ष पद निजी विषय मात्र नभई सार्वजनिक सरोकारको विषय हो। प्रहरी स्रोतका अनुसार शिक्षा भट्टचनका सम्बन्धमा दुई विषयमा अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्ष अमेरिकी नागरिक, किन हुँदैन कारबाही ?

जनताको पैसा प्रभु बैंकमार्फत मिडियामा, चार वर्षमा झण्डै डेढ अर्ब स्वाहा

प्रकाशित मिति : December 24, 2025 at 5:41 pm