९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

राष्ट्रपति पौडेलले ओली, प्रचण्ड र देउवासँग छलफल गर्दै

८ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख ३ दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनुभएको छ ।

राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई छलफलका लागि बोलाउनुभएको हो ।

प्रकाशित मिति : ८ पुष २०८२, मंगलवार १४:०३