सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा ५ हजार ५ सयले बढ्यो
८ पुस, काठमाडौँ । मंगलबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन सोमबार सुनको मूल्य २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो ।
चाँदीको मूल्यमा पनि केही दिनदेखि उच्च मूल्यको रेकर्ड बनिरहेको छ । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँ थियो ।
प्रकाशित मिति : ८ पुष २०८२, मंगलवार ११:०८












