१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

आज पनि घट्यो नेप्से, कारोबार रकममा समेत गिरावट

७ पुस, काठमाडाैँ । आज नेप्से परिसूचक घटेर बन्द भएको छ।

सोमबार नेप्से परिसूचक १३.८८ अंक घटेर २५८१.२१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आइतबार ४ अर्ब ५२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३३२ स्टकको ६५ हजार ३१२ पटकको कारोबारमा ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँबराबरको ९१ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सो कम्पनीको शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ७५३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो। त्यस्तै, १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ६.८४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १० करोड ३० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ७ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक आज सर्वाधिक १.२६ प्रतिशत घटेको छ। त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति : December 22, 2025 at 3:22 pm