सुशानमा हर्क मोडलः श्रम संस्कृति पार्टीका उपाध्यक्ष मित्र परियार कारबाहीमा
६ पुस, काठमाडौँ । सुशासनमा सन्देश दिन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले न्याय गर्न नसक्ने पार्टीका पदाधिकारी माथि नै डण्डा चलाउन सुरू गर्नुभएको छ । शनिबार बुटलमा भएको कार्यक्रमा सहभागी उपाध्यक्ष डा मित्र परियार सहकार्कीलाई अपमान गरेको अभियोगमा कारबाहीमा पर्नुभएको थियो ।
यसअघि पनि उपाध्यक्ष राजकुमार तामाङ कारबाहीमा पर्नुभएको थियो । शनिबार बुटवलमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले उनलाई कारबाही गरिएको साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, ञश्रम संस्कृतिमा कोही सानो कोही ठुलो हुँदैन । आज उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलिका कारण आचारसंहिता उलङ्घन भएकोले नसच्चिएसम्म कार्यवाही गरिएको जानकारी गराउँदछु ।’
प्रकाशित मिति : ६ पुष २०८२, आईतवार ०९:२२












