२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

नेपाल बैंकको टप अप गरौं बोनस पाऔं अभियान सञ्चालनमा

४ पुस, काठमाडाैँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ। बैंकले आफ्ना कर्मचारी र खातावाला ग्राहकलाई लक्षित गरी डिजिटल बैंकिङ प्रवर्द्धनका लागि यो अभियान सुरु गरेको हो। अभियान बैंकको सेवा प्रदायकसँगको सहकार्यमा सञ्चालन गरिएको छ।

यो अभियान २०८२ साल पुस महिनाभरि लागू हुनेछ। अभियान अवधिमा रु. २०० वा सोभन्दा बढी रकमको टप अप गर्नेहरूमध्ये ८० जनालाई रु. १०० का दरले बोनस प्रदान गरिने बैंकले जनाएको छ। बोनस प्राप्त गर्नेको घोषणा अभियान समाप्त भएपछि गरिनेछ। यस अभियानले डिजिटल बैंकिङ कारोबार बढाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

हाल नेपाल बैंकले देशभर २३१ शाखा, २३७ एटिएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिइरहेको छ। बैंकका करिब १० लाख ग्राहकले डिजिटल माध्यमबाट बैंकिङ सेवा लिइरहेका छन्।

बैंकले आधुनिक प्रविधिमार्फत ग्राहक सेवा सुधार गर्दै प्रतिस्पर्धी बैंकको रूपमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आएको जनाएको छ।

प्रकाशित मिति : December 19, 2025 at 3:43 pm