४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

४ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १ः०० बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेगरी बैठक बोलाइएको जनाएको छ । एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित नेतृत्वको शपथग्रहण बिहीबार सम्पन्न भइसकेको छ ।

आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ । पार्टीको पोलिटब्यूरो र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा पर्नसक्ने नेताहरूले जनाएका छन् ।

प्रकाशित मिति : ४ पुष २०८२, शुक्रबार ११:४३