रवि आज रिहा हुँदै, मैले उसकाे अनुपस्थितिकाे गहिराे रिक्तता भाेगेंः निकिता
४ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको पत्नि निकिता पौडेलले मध्यरातमा अहिलेसम्मको सद्भाव र समर्थनका लागि सबैलाई नमन गर्नुभएको छ । पति लामिछाने उच्च अदालतको आदेशले शुक्रबार छुट्ने भएपछि निकिताले समर्थन गर्नेहरूमा धन्यवाद व्यक्त गर्नुभएको हो । उहाँले फेसबुकमा रविको अनुपस्थितिमा आफूले गहिरो रिक्तता भोगेको उल्लेख गर्नुभएको छ ।

यस्तो छ उहाँको फेसबुक टिप्पणी
बेइमानीहरूकाे रजगजमा नखाएकाे विष पनि लाग्दाे रहेछ। केही समय लाग्याे। अघिल्लाे वर्षकाे कात्तिकदेखि अहिलेसम्म के-के खेपियाे-खेपियाे, बताएर साध्य छैन। ऊ राजनीतिमै नआएकाे भए यसरी प्रतिशाेधकाे सिकार हुनुपर्ने नै थिएन। तर, बढ्दाे जनविश्वास कमजाेर बनाउन र व्यक्तिगत दु:ख-हैरानी दिन लेखिएकाे कथाकाे एक अध्याय आजकाे आदेशसँगै सकिएकाे छ।
याे बीचमा हामीले के भाेगेनाैं । ऊसले ‘कालकाेठरी’ भाेग्याे र, मैले उसकाे अनुपस्थितिकाे गहिराे रिक्तता भाेगें । उस्तै मान्छेले याे तहकाे हद खप्नै सक्दैनन्। तर, उसले हाँसीहाँसी प्रतिशाेधकाे प्रहार खेप्दा मैले उसकाे दृढतालाई कानूनी पाटाेबाट संरक्षणकाे हरसंभव प्रयास गरें।
अगाध आस्था र विश्वास रहेकाले याे दिनका लागि भगवानसँग कामना गरेकै थिएँ, केही ढिलै भए पनि आयाे। कानूनी प्रकृया अझै बाँकी छ। र, भगवानप्रतिकाे उस्तै आस्थाकाे निरन्तरता पनि। न्यायिक प्रक्रियाबाटै तत्कालकाे याे राहतलाई दीर्घकालिक बनाएर हामी अझै सबल र सशक्त भएर उठ्ने छाैं। यहाँहरूकाे साथ, सहयाेग र शुभेच्छाले हामीलाई थप ऊर्जा दिएकाे छ, पाइरहुँ। अहिलेसम्मकाे सद्भाव र समर्थनका लागि सबैलाई नमन्।

प्रकाशित मिति : ४ पुष २०८२, शुक्रबार ०५:२२












