१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

जाँचबुझ आयोगले केपी ओली र रमेश लेखकलाई अर्को हप्ता बयानमा बोलाउने

२ पुस, काठमाडाैँ । भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतकालाई अर्को हप्ता बयानमा बोलाउने भएको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को हप्ता आयोगले बाँकी रहेका सबैलाई बयानमा बोलाउने तयारी गरेको जानकारी दिनुभयाे। ‘हामी सबैलाई बोलाउँछौँ,’ प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेर फर्किँदै गर्दा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयाे, ‘अर्को हप्ता बोलाउँछौँ।’

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पनि बोलाउनुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयाे, ‘सबैलाई बोलाउँछौँ।’

प्रकाशित मिति : December 17, 2025 at 5:39 pm