१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

नयाँ नेतृत्व चयनका लागि एमाले महाधिवेशनमा आज मतदान

२ पुस, काठमाडाैँ । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । बिहान ८ बजेपछि मतदान सुरू हुने निर्वाचन आयोगले जनाएको छ । एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ ।

महाधिवेशनका लागि अधिकतम २ हजार २६२ जना प्रतिनिधिले मतदान गर्नेछन । विद्युतीय भोटिङ मेसिन् मार्फत मतदान हुनेछ । महाधिवेशनबाट १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ जना सचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।

एमाले उपाध्यक्षमा अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल  प्रतिस्पर्धामा हुनुहुन्छ ।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै उपमहासचिवमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार हुनुहुन्छ ।

यस्तै सचिवमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगरादज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रकाशित मिति : December 17, 2025 at 7:03 am