ईश्वर पोखरेल प्यानलमा को-को समेटिए ? यस्तो छ सूची
१ पुस, काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको छ । पोखरेल समूहले सचिवमा स्वतन्त्र उम्मेदवारी दिनुभएका अग्नि खरेललाई समेत समेटेर प्यानल बनाएको हो ।
विगतमा केपी ओलीका अति निकटका खरेलले पदाधिकारीको सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । पोखरेल समूहले खरेललाई आफ्नो प्यानलमा राखेको हो ।
यस्तै स्वतन्त्र उम्मेदवारी दिनुभएका उपाध्यक्षका उम्मेदवार टंक कार्की र उपमहासचिवमा उम्मेदवारी दिनुभएका आनन्द पोखरेल पनि पोखरेल प्यानलमा पर्नुभएको छ ।
पोखरेल प्यानलबाट उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, विन्दा पाण्डे र परशुराम मेघी गुरुङ हुनुहुन्छ । महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेल हुनुहुन्छ ।
९ जना सचिवको उम्मेदवारमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, गोकुल बास्कोटा, रचना खड्का, पुरुषोत्तम पौडेल र विनोद ढकाल हुनुहुन्छ । उम्मेदवारको यही सूची लिएर प्रतिनिधिहरूले प्रचार-प्रसार गरिरहेका छन् ।
नयाँ नेतृत्व चयनका लागि मंगलबार अपरान्ह मतदानको कार्यक्रम छ । फेरि अध्यक्षमा उम्मेदवारी दिएका ओली पनि प्यानल बनाएर होमिनुभएकाे छ ।
यस्ताे छ पोखरेल प्यानलको सूचीः


प्रकाशित मिति : १ पुष २०८२, मंगलवार १३:३७












