१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

ओली गुटमा महासचिवको टिकट नपाएर रूँदै फर्किएका ज्ञवालीले केन्द्रीय सदस्यमा मत मागे

१ पुस, काठमाडौँ । नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीको गुटबाट महासचिवमा उम्मेदवारी दिने घोषणा गर्नुभएको प्रदीपकुमार ज्ञवालीले गुटमा टिकट नपाएपछि केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएर मत माग्नुभएको छ ।

dainiki.com

सोमबार महासचिवमा उम्मेदवारी दिन गुटको टिकट नपाएपछि भृकुटीमण्डपबाट रूँदै घर हिँड्नुभएको ज्ञवालीले मंगलबार बिहानै फेसबुकबाट आफूलाई ओली समूहको केन्द्रीय सदस्यको रूपमा विजयी गराइदिन अनुरोध गर्नुभएको छ ।

यस्तो छ ज्ञवालीको अपिल 

एघारौँ राष्ट्रिय महाधिवेशनका प्रिय प्रतिनिधि कमरेडहरू !
आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु ।
म हमेशा तपाईँहरूकै बिचमा छु, त्यहीँ रहन्छु ।
यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु । कमरेडहरूबाट मन र मत दुबै पाउने विश्वास लिएको छु ।
धन्यवाद !
तपाईँहरूकै,
प्रदीप ज्ञवाली

प्रकाशित मिति : December 16, 2025 at 7:52 am