विद्या भण्डारी समूहबाट अध्यक्षमा ईश्वर पोखरेल, अन्य पदमा यी हुन उम्मेदवार
२९ मंसिर, काठमाडौँ । एमालेको ११ औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ। एमाले अध्यक्षमा विद्यादेवी भण्डारी समूहबाट अध्यक्षमा ईश्वर पोखरेलले उम्मेदवारी दिँदै हुनुहुन्छ ।
भण्डारी समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरूङ, डा विन्दा पाण्डे र अरूण नेपाल उम्मेदवार हुने बुझिएको छ । महासचिवमा सुरेन्द्र पाण्डेको उम्मेदवारी निश्चित भएको छ भने उपमहाचसिवमा योगेश भट्टराईको उम्मेदवारी हुनेछ ।
त्यस्तै सचिवमा कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे रचना खड्का र इन्द्रलाल सापकोटा उम्मेदवार हुने सम्भावना रहेको छ । सोमबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण र बिहान १० बजेर ३० मिनेटदेखि दिउँसो साढे १ बजेसम्म फाराम दर्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार ०९:०८












