एमालेको ३०१ सदस्यीय केन्द्रीय समिति यसरी चुनिनेछन्
२८ मंसिर, काठमाडौँ। नेकपा (एमाले) को ११ औँ महाधिवेशनको बन्दसत्रले केन्द्रीय समितिको चयनको खाका पास गरेको छ।
काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा केन्द्रीय सदस्य समिति चयनका लागि क्लस्टर सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको थियो। त्यसलाई बन्दसत्रले पारित गरेको छ ।
एमालेले निर्माण गरेको संरचना अनुसार ३०१ जनाबाटै १९ पदाधिकारी पनि निर्वाचित हुनेछन् । जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना हुनेछन् ।
त्यस्तै, ७ प्रदेश र एउटा उपत्यका प्रदेशबाट ४० वर्षमुनिका एक सदस्य चयन गरिनेछ। त्यस्तै, खुल्लाबाट ६ र महिलाबाट तीन सदस्य चयन हुनेछन्। यसैगरी, महिलाबाट ७३ केन्द्रीय सदस्य छानिनेछन्। जसमा महिलामध्ये खुल्ला प्रतिस्पर्धाबाट ५२, जनजातीबाट २ र युवाबाट १७ जना छानिनेछन् ।

त्यस्तै, मधेसबाट युवा २, खुल्ला ८ र महिला ४ जना चयन हुनेछन्। यस्तै, दलितबाट युवा १, खुल्ला ८ र महिला ४ जना आउने व्यवस्था गरिएको छ। यसैगरी, प्रवासमा भारतबाट १ र अन्य देशबाट १ जना केन्द्रीय सदस्य आउनेछन्। यसैगरी, अपाङ्गता भएका व्यक्तिबाट १ जनागरी ३०१ सदस्यीय केन्द्रीय समिति आउने व्यवस्था गरिएको हो ।
कहाँबाट कति जना हुनेछन् निर्वाचित?
१) पदाधिकारी (९ ) जना
• अध्यक्ष : १
• उपाध्यक्ष : ५
• महासचिव : १
• उपमहासचिव : ३
• सचिव : ९ जना
२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२) जना
• खुल्ला : ५
• महिला : ३
• युवा : १
३) खुल्ला कोटा (१२५ ) जना
• खुल्ला : ७१
• महिला : ५२
• युवा : २
४) जनजाति/आदिवासी (२५) जना
• आदिवासी–जनजाति :
• खुल्ला : १५
• महिला : ८
• युवा : २
५) मधेसी (२०) जना
• मधेसी :
• खुल्ला : ११
• महिला : ६
• युवा : २
६) प्रवास (२) जना
• भारत : १
• अन्य देश : १
७) श्रमिक (३) जना
• खुल्ला : २
• महिला : १
८) अपाङ्गाता भएका ब्यक्ति (१) जना
• खुल्ला : १
९) दलित (१२) जना
• खुल्ला : ७
• महिला : ४
• युवा : १
१०) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३
११) मुस्लिम (५) जना
• खुल्ला : ४
• महिला : १
१२) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३
१३) पिछडिएको क्षेत्र (२) जना
• खुल्ला : १
• महिला : १
प्रकाशित मिति : 17:10







