२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

कार्कीले एमाले छाडे, आज रास्वपा प्रवेश गर्दै

२८ मंसिर, काठमाडौँ । नेकपा एमालेका नेता चित्रबहादुर कार्कीले पार्टी परित्याग गर्नुभएको छ । एमाले रूपन्देहीको सचिव रहनुभएको उहाँ एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल निकटको हुनुहुन्थ्यो ।

dainiki.com

जेनजी आन्दोलनको समयमा तत्कालीन केपी ओली सरकारले बर्बर दमन गरेपछि एमाले छाड्ने घोषणा गर्नुभएको कार्कीले पार्टी परित्यागको सम्पूर्ण पक्रिया पूरा गरेर आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्दै हुनुहुन्छ । कार्की सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख समेत हुनुहुन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार ०७:०९