२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

एसके ईभेन्टले मनायो तेस्रो बार्षिक उत्सव

एडिलेड । अष्ट्रेलियाको पाचौ ठुलो शहर एडिलेडमा नेपाली कलाकारहरुलाई ल्याएर विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको एसके इभेन्टले शुक्रवार आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । 

नेपाली सम्मानित कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्यको टिम ल्याएर `अब हास्छ एडिलेड´ बाट आफ्नो यात्रा शुरु गरेको एसके इभेन्टले बहु चर्चित सजन राज वैद्य, दुर्गेश थापा, समिर श्रेष्ठ जस्ता कलाकारहरुलाई नेपाली समुदाय माझ प्रस्तुत गरेको थियो ।

बार्षिक उत्सव कार्यक्रममा विगतका कार्यक्रमहरुको समिक्षा र आगामी कार्ययोजना वारेमा छलफल गरिएको थियो भने दर्शक सहित सहयोगीहरुमा धन्यवाद ज्ञापन गरिएको थियो ।

ईभेन्टका निर्देशक कमल मगरले एसके ईभेन्टले नेपाली समुदायमा मनोरञ्जन मात्र नदिएर नेपाली कला संगितलाई प्रवासमा समेत जगेर्नाका लागि क्रियाशिल रहेको बताउनु भयो । अर्का निर्देशक सुलोभ उपाध्याय यो तिन बर्षमा सहयोग गर्नु हुनेमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझै सशक्त रुपमा  आउने बताउनु भयो ।

कार्यक्रममा कलाकार, विज्ञापनदाता,कलाकार,पत्रकार तथा स्वयंसेवकहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार ०७:३४