१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

एमालेले १०८ जना प्रतिनिधि मनोनीत गर्ने, नाम ओली र पोखरेलले टुंग्याउने

२६ मंसिर, काठमाडौँ । नेकपा (एमाले)ले विधानमा व्यवस्था भए बमोजिम ५ प्रतिशत प्रतिनिधि मनोनयन गर्ने अधिकार प्रयोग गर्दै १०८ जना प्रतिनिधि मनोनित गर्ने निर्णय गरेको छ।

आज बसेको सचिवालय बैठकले महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरे पनि प्रतिनिधिहरूको नाम भने टुंगिइसकेको छैन।

केही नाम प्रस्ताव भएपनि ती नामहरूबारे शनिबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बसेर टुंगो लगाउने सहमति भएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयाे ।

विधानतः एमालेमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने प्रावधान छ। महाधिवेशनका लागि २ हजार १५४ जना निर्वाचित भएर आएका छन्। १०८ मनोनीत भएपछि प्रतिनिधिको संख्या २ हजार २६२ जना पुगेको छ।

प्रकाशित मिति : December 12, 2025 at 9:20 pm