१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

एमालेको सचिवालय बैठक च्यासलमा जारी

२६ मंसिर, काठमाडाैँ । नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। पदाधिकारी थप्न विधान संशोधन गर्ने लगायतका एजेन्डामा आजको बैठकले निर्णय लिने बताइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आफ्नो खेमामा रहेका नेताहरुको व्यवस्थापनका लागि महाधिवेशन सुरु हुनुअघि नै पदाधिकारी र अन्य कमिटीको आकार बढाउने प्रस्ताव ल्याउन लाग्नुभएको छ ।

गत भदौ २०–२२ को दोस्रो विधानसम्मेलनमा १५ जना मात्रै पदाधिकारी रहने व्यवस्था गरिएको थियो। तर, अहिले बढाएर १९ जना पुर्‍याउने ओलीको तयारी छ।

एमालेको ११ औँ महाधिवेशन भोलिदेखि सुरु हुँदैछ। उद्घाटन शत्र भक्तपुरको सल्लाघारीमा हुने छ भने बन्द शत्र भृकुटीमण्डमा सञ्चालन हुने छ।

प्रकाशित मिति : December 12, 2025 at 4:31 pm