२५ मंसिर २०८२, बिहीबार | Thu Dec 11 2025

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

२५ मंसिर, दाङ । डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको यात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना हुँदा २२ जना यात्री घाइते भएका छन् ।

लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार आज बिहान पुलबाट खोलामा बस खसेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पुर्याइएको छ । बसमा ३८ जना यात्री थिए ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार ०९:१७