१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

यस्ता थिए बाल्यकालका मेरा दिनहरु (पुस्तक अंश)

–मदनमणि दीक्षित
संवत् १९९० साल असोजमा मेरी पितामहीको अवसान भएको थियो भने संवत् १९९१ को असार महिनामा मेरी माताजीले जुम्ल्याहा छोरी जन्माउनुभएको थियो । त्यसैबेला पिताजीले आफ्नो सम्पूर्ण परिवारलाई मेरो मावली बनारसमा पु¥याइदिने निर्णय गर्नुभयो । त्यही निर्णयअनुसार हामी सबैको राहदानी पनि बन्यो । काठमाडौ“ उपत्यकाबाट बाहिरतिर जाने प्रत्येक नेपालीले चिसापानीगढीमा राहदानी देखाउनुपथ्र्यो । हाम्रो परिवारको राहदानी भान्दाइ जगन्नाथले बनाउन लगाएर ल्याइदिनुभएको थियो । त्यो राहदानी त्यही दिन मैले पनि पढेको थिए“ । राहदानीमा मेरो नाउ“ लेखेर अन्य विवरणपछि ‘वर्णः गहुँगोरो’ लेखेको देख्दा म अति खुसी भए“ । मलाई सबै जना कालो वर्णको केटो भन्ने गर्थे । राहदानीमा भने नेपालको सरकारले मलाई गहु“गोरो भनी लेखेको रहेछ । मलाई कालो भन्नेहरु सबै जना असत्य कुरा गर्दा रहेछन् भन्ने लाग्यो । तर त्यो दिन मैले राहदानीमा आफ्नो नाउ“ र रङ्गबारे मात्र पढेको रहेछु । त्यही राहदानीमा मभन्दा बढी श्याम वर्णकी मेरी माताजीलाई पनि गहु“गोरी लेखेको मैले पढिनछु ।

असारको अन्तिमतिर एक बिहान साढे चार बजे हामीले बनारस जान हाँडीगाउ“को घर छाड्यौ“ । त्यही साँझ डोले भरियासहित चित्लाङ पुगेर राति हामी बास बस्यौ“ । हाम्रो दोस्रो बास भीमफेदीमा भयो । त्यहा“ पुग्दा–नपुग्दै मेरी माताजीमा रक्तस्राव हुन थाल्यो । सुत्केरी भएको तीन सातापछि मात्र घरदेखि चित्लाङ र भीमफेदीसम्म आफूस“गै दुइटी बच्ची लिएर उलिनकाठमा यात्रा गर्नुपरेको हु“दा उहा“मा रक्तस्राव सुरm भएको रहेछ । तिनताक भीमफेदीमा कुनै अस्पताल वा डाक्टर थिएन । हामीले भीमफेदीमा पा“च दिनसम्म बास बस्नुप¥यो । भीमफेदीमा रहेका ‘भरिया नाइके’का अड्डावालाहरुलाई भनेर त्यहा“का धामीलाई बोलाइयो । तिनले मन्त्र पढ्दै माताजीलाई झारफुक गरिदिएपछि रक्तस्राव रोकिएको थियो ।

यस यात्राका क्रममा हामीसँगै जगन्नाथ भान्दाइ पनि जानुभएको थियो । भीमफेदीबाट यात्रु बस चढेर हामी अमलेखगन्ज पुग्यौ“ । यसपटकको यात्रामा हामीले अमलेखन्जदेखि रक्सौल हु“दै बनारससम्म टे«नमा पहिलो पटक चढ्न पाएका थियौँ । ट्रेनमा बस्नुभन्दा पहिले जगन्नाथ भान्दाइले मुद्रा सटही गरेर भारतीय मुद्रा एकन्नीहरु ल्याई “अब सबै मिलेर पहिले रेलको डिब्बामा एक एक आना चढाएर रेल्वेको दर्शन गरेर चढ्नुपर्छ” भनी सिकाउनुभएको म सम्झन्छु । हामीले त्यस्तै ग¥यौ“ र टे«नमा चढेर पहिले भारतको रक्सौलमा पुग्यौ“ ।

बनारसमा मेरो मावलीको घर निकै विशाल थियो । मेरा सात जना माइजूहरु रोजैजसो गङ्गास्नान गर्न जानुहुन्थ्यो । उहाँहरुको दिव्य सुन्दर रेशमी पोशाक र केश शृङ्गार मलाई साह्रै मन पथ्र्यो । स्वर्गका अप्सराजस्ता नारीहरुको त्यो समूह दुईवटा घोडाले तान्ने बग्गीमा बसेर घाटतिर जान्थ्यो । उहा“हरु बग्गीमा बस्दा बग्गीका झ्यालढोका जम्मै बन्द गरिन्थे । म बग्गीमाथि बस्थे“ । मलाई अचम्म लाग्थ्यो– बग्गीको झ्यालढोका बन्द गरेर बाहिर नदेखिने हो भने उहाँहरुको त्यति राम्रो पोसाक र शृङ्गारको अर्थ के ?

तिनताका भारतको बनारस इलाकामा महात्मा गान्धीले सुरू गरेको ‘विदेशी वस्तुको बहिष्कार’ आन्दोलन बलियो रुपमा चलिरहेको थियो । एक दिनको घटना हो– गङ्गास्नान गरेपछि काशी विश्वनाथको दर्शन गर्न गएका बेला बग्गीबाट ओर्लिंदै गर्दा मेरा माइजूहरुको जम्काभेट सत्याग्रहीहरुसँग भयो । शरीरमा बेलायती रेशमी दोपट्टाहरु देखेपछि सत्याग्रहीहरुले ती बेलायती वस्त्रहरु उहाँहरुका शरीरबाट उतारेर आगोमा हालिदिन आग्रह गरे । ती रेशमी दोपट्टाहरु मेरी माताजीले काठमाडौँबाट जाँदा माइतीमा कोसेली भनेर लागिदिनुभएको थियो । माइजूहरुले त्यसो गर्न इन्कार गरेपछि ती सत्याग्रहीहरुले उहाँहरुका शरीरबाट ती दोपट्टा खोस्दै आगोमा हाल्न थाले । म हेरिरहेको थिए“– दुई जना सत्याग्रहीले माइजूहरुले पहिरिएका बेलायती रेशमी साडी पनि खोस्न आ“टेका थिए । तर अन्य सत्याग्रहीहरुले “साडी बेलायती होस् अथवा भारतीय, त्यसमा नारीको प्रतिष्ठा रहन्छ । त्यसकारण साडी र ब्लाउज शरीरबाट नझिक” भनी रोकेका थिए ।

हामी बनारस पुगेको तेस्रो दिनको तर पहिलो घटना त्यो थियो । गङ्गास्नानबाट फर्किसकेपछि मैले मामाका छोराहरुसित प्रश्न गरे“, “त्यस्तो किन गरियो ? सत्याग्रह भनेको के हो ?” तिनीहरुले मेरो प्रश्नलाई आफ्ना मातापितासामु पु¥याए । मेरा जेठा मामा अम्बिकाप्रसाद उपाध्याय बिहारको राजधानी पटनाको उच्च न्यायालयमा प्रमुख अधिवक्ता हुनुहुन्थ्यो । उहाँले पछि मलाई बुझाइदिनुभयो– “भारतमा बेलायतको प्रभुत्व रहेको हुँदा महात्मा गान्धीले भारतबाट बेलायतलाई निस्केर जान भन्दै आन्दोलन गरिरहेका छन् । त्यसैकारण बेलायती वस्तुको बहिष्कार गर्न खोजिएको हो ।”

उमेरको एघारौँ वर्षमा प्रवेश गर्न लागेको मैले मामाका ती कुरा कति नै बुझे“ हुँला र ! तर केही दिनपछिको घटनाबाट मैले ब्रिटिसविरोधी स्वतन्त्रता आन्दोलनको अर्थ अलिकति बुझे“ ।

मामाघरको तल्लो कोठामा मेरै उमेरका जस्ता छ जना केटाकेटीहरु ‘को मान्छे कतातिर’ भनी खेलिरहेका थिए । त्यहाँ म पनि पुगे“ । मसित त्यही प्रश्न गरियो, “मदन, तिमी कतापट्टि ? भाइसरायपट्टि कि भगत सिंहपट्टि ?” मलाई ती दुवै जनाबारे केही थाहा थिएन । कुनै जवाफ नदिई म आफ्नो ठाउँमा बस्न जाँदा द स्टेट्सम्यान नामक अङ्ग्रेजी भाषाको दैनिकी अखबार कुल्चिन पुगेछु । आफ्नो ठाउ“मा म बसेपछि र म चुप लागेको देखेर “मदन, अङ्ग्रेजपट्टि रहेछ; त्यसैकारण चुप लाग्यो” भनी मलाई निर्घातसित पिट्न दुई जना अघि सरे । तर ठूला मामाका प्रथम पुत्र, उमेरमा मभन्दा दस महिना जेठा राजेश्वरी उपाध्यायले ती दुवैलाई रोकेर भने, “मदनले भर्खर त्यो अखबारमा खुट्टाले टेकेको सबैले देखिहाल्यौँ । त्यो अखबार बेलायती हो; बेलायती वस्तुमाथि खुट्टा टेक्नेलाई बेलायतको समर्थक भन्नु हुँदैन ।” यसरी उहाँले मलाई पिटाइबाट जोगाउनुभयो ।

त्यो घटनाबारे मेरा मामा–माइजू र मेरा पिता–माता आदि सबैले थाहा पाउनुभयो र राजेश्वरी दाइको बहादुरीको ठूलो प्रशंसा गर्नुभयो ।
हामीलाई बनारस पु¥याएको पन्ध्र दिनपछि पिताजी आफ्नी आमाको बरखीका लागि १९९१ सालको फूलपातीको दिन काठमाडौँ पुग्छु भनेर हिँड्नुभयो । त्यस्तैमा मेरी ठूली दिदी देवकुसुमको पहिलो र एउटै छोरो निकै बिरामी भए । बनारसको उग्र गर्मीले उनको जीउभरि र हातखुट्टामा घाउका फोकाहरु निस्केका थिए । उपचारका अनेक प्रयत्न गर्दागर्दै पनि उनको मृत्यु भयो । माताजी र मामाहरुले यो घटनाबाट साह्रै दुःखी भएर पिताजीलाई टेलिग्रामद्वारा बनारस फिर्ता बोलाउनुभयो । वीरगन्जमा त्यो समाचार सुनेपछि पिताजी भोलिपल्टै बनारस फर्किनुभयो । उहाँ मेरो मामाघर आइपुग्नुहुँदा एक जना पण्डित बाजेले मृत बालकलाई दुई हातले बोकेर गङ्गाजीमा दाहसंस्कार गर्न लैजान लागेका थिए । मेरी ठूली दिदी र माताजीको अवस्था बेहाल थियो । मृत बालकलाई गङ्गाजीमा सेलाउन लग्दा म र पिताजी तथा मेरा दुई जना मामा पनि सँगै गयौँ ।

माताजीको पीडा र आँसु पुछ्न पिताजी सात दिनसम्म बनारसमै बस्नुभयो । त्यसपछि उहाँ फेरि काठमाडौँ फर्किनुभयो । त्यस्तैमा दुई महिनाकी मेरी कान्छी बहिनी गिरिजा गर्मीले गर्दा सिकिस्त बिरामी भई । पिताजीलाई फेरि टेलिग्राम दिइयो । त्यस बेला उहाँ भीमफेदीमा पुगेर ‘क्वारेनटाइन’ अन्तर्गत बस्नुभएको तीन दिन भएको रहेछ । छोरीबारे खबर पाएपछि उहाँ फेरि बनारस फर्किनुभयो । पिताजी फर्किसक्दा गिरिजाको मृत्यु भइसकेको थियो ।

यी सबै घटनाबारे उहाँले काठमाडौँमा आफ्ना पितालाई पत्र लेखेर जानकारी दिनुभयो । आफूले बनारसमै बसेर माताको वार्षिक श्राद्ध गर्ने निर्णय गरेको पनि उहाँले लेख्नुभएको थियो । मेरा पितामह काशीनाथ आचार्य दीक्षित आफ्नो परिवारभित्र समेत अत्यन्त अहङ्कारी हुनुहुन्थ्यो । आमाको श्राद्धमा छोरो नआएकोबारे उहा“को चित्त बुझेनछ । मेरा पिताजीलाई जवाफी पत्रमा उहाँले लेख्नुभयो, ‘आमाको वार्षिक श्राद्धमा गर्नुपर्ने ठूलो श®यादानमा आफूले पनि अंशभाग अनुसार सहभागी हुनुपर्छ भन्ने बुझेर तँ काठमाडौँ आइनस् भन्ने बुझिएको छ ।’ त्यो पत्र मैले पनि पढेको थिएँ । त्यस्तो पत्र पढेपछि पिताजी झन् बढी क्रुद्ध हुनुभयो र आफ्ना पितालाई उहाँले तीन पङ्क्तिको पत्र लेख्दै भविष्यमा आफू कहिले पनि काठमाडौँ नआउने, नफर्किने कुरा बताउनुभयो ।

म सम्झिन्छु– त्यो वर्षको फूलपातीको दिन मेरा पिताले बनारसमा बसेर आमाको वार्षिक श्राद्ध गर्नुभयो । त्यसमा पुरोहित हुनुहुन्थ्यो– बनारसका चार जना विशिष्ट नेपाली पण्डितहरु बटुकप्रसाद भट्टराई, नारायणप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराई र कृष्णप्रसाद भट्टराई । त्यो श्राद्धको अग्निचर्यामा कृष्णप्रसादजीले मन्त्र पढ्दै र स्वाहा–स्वाहा भन्दै चरूहोम गर्नुभएको थियो, जो पछि नेपालको प्रधानमन्त्री हुनुभयो ।
बनारसमा केही महिना बस्दाबस्दै त्यो सहरमा ‘बेरी–बेरी’ को रोग महामारीजस्तो भएर फैलिन थाल्यो । त्यस बेला त्यस रोगको औषधिबारे डाक्टरहरुमा पनि जानकारी थिएन । मानिसको गर्धनदेखि तल पैतालासम्म शरीर सुन्निएर दुई खुट्टा हात्तीका पाइलाजस्ता हुने गर्थे । केहीको भनाइअनुसार तोरीको तेलमा त्यो रोगको कीटाणु मिसिएर हात्तीपाइले रोग सुरू भएको थियो । माताजी र ठूली दिदीमा त्यो रोग देखा परेको थियो । साता दिनदेखि दुवै जनाको शरीर घनघोर रुपमा फुलेको थियो र पिताजीले “अब जे भए पनि म आफ्नो गाउँ फर्किन्छु” भनी हामी सबैलाई लिएर बनारस छाड्नुभयो । एक रात नौ बजेको टे«नमा हामी सबै जना बस्यौ“ । गाजीपुर रेलवे स्टेसनमा पुग्नुभन्दा पहिले दुवै जनामा ‘बेरी–बेरी’ रोग घटेजस्तो अनुभव भयो । छपरा पुग्दासम्म दुवै जनालाई शरीरबाट बिदा माग्यो । आश्चर्य के भयो भने बनारसमा राति नौ बजे टे«न चढेका थियौ“ हामी, मुजफ्फरपुर पुग्दासम्म माताजी र दिदी दुवै जनाको शरीरबाट बेरी–बेरी रोग अन्त्य भयो । मुजफ्फपुर स्टेसनबाट हामी रक्सौल आइपुग्दा माताजी र दिदीमा पूर्ण स्वास्थ्य लाभ भइसकेको थियो । जे होस्, रक्सौल स्टेसन उत्रिँदा माताजी र ठूली दिदीले चाहि“ पूर्ण स्वास्थ्यलाभ गरिसक्नुभएको थियो ।

रक्सौलबाट हामीलाई त्यस बेलाको हाम्रो मौजा बहुअरी पु¥याउन पटवारी रामनारायण कण्ठ गोरूगाडा लिएर स्टेसन आएका थिए । बहुअरीमा माताजी र मेरो जीवनको नयाँ अध्याय सुरू भयो । नेपालको तराई क्षेत्रसित तथा त्यहाँका धनी वा गरिब किसानहरुसित, तिनको संस्कृति तथा जीवन व्यवहारसित माताजी र मेरो परिचय रोजिन्दा बढ्दै गयो ।

त्यो समयको सुरूमा पिताजीको परिचय वीरगन्जमा रहेका पशुपति घोष र तिनका वृद्ध स्वजन (हामी उहाँलाई दाह्री बाबु भन्ने गथ्र्यौं) सित परिचय भयो । पिताजीको आग्रहमा भारतको कलकत्ताको अमृतबजार पत्रिकाको वार्षिक ग्राहक बन्यौँ । त्यो अखबार आउन थालेपछि माताजीले मलाई अखबार पढेर त्यसमा रहेका मुख्यमुख्य समाचारहरुबारे बताउने गर्नुभयो । पछि त्यो काम मैले सुरू गरे“ । त्यसरी मेरो पत्रकारिता जीवनको प्रथम चरण त्यो पत्रिका पढेर माताजीलाई समाचार सुनाउनेबाट सुरm भएको थियो । त्यो समयमा युरोपमा इटालीको फासिस्ट सरकारको मुख्य अधिपति बेनिटो मुसोलिनीले भूमध्य सागरको दक्षिणतिर रहेको अफ्रिकाली देश एविसिनियामाथि आव्रmमणको तयारी गरिराखेको थियो ।

समाचार सुन्ने र बुझ्ने काममा बहुअरीका धनी किसान बैजनाथ अहिर तथा दशरथचन्द्र कुर्मीका साथै अरु दुई जना किसान पनि हामीछेउ आउने गर्थे । त्यो गाउ“को कच्ची छाप्रोको ओसारामा रहेको काठको ठूलो चौकीमा माताजी र म बस्ने गथ्र्यौं । अनि म समाचार बताउने गर्थें । ती किसानहरुलाई युरोपका देशहरुको भूगोलबारे सामान्य जानकारी हुने गथ्र्यो । माताजी भने मैले पनि नबुझेका समाचारहरु सुनेपछि हामी सबैलाई बुझाइदिने गर्नुहुन्थ्यो ।

(दीक्षितको हालै प्रकाशित संस्मरणत्मक कृति ‘मेरी माता’बाट ।)

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार ०७:५०