एमालेमा सामूहिक नेतृत्व अहिलेको आवश्यकता हो: सचिव विष्ट
‘बर्थिङ सेन्टर’ त छ टाढा छ,२४ मंसिर, काठमाडौँ । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले महाधिवेशनमा भदौ २३ र २४ पछिको परिस्थितिको समिक्षा गर्दै नयाँ दृष्टिकोण तयार गर्नुपर्ने बताउनुभएको छ । बुधबार एमालेको एघारौँ महाधिवेशनका सन्दर्भमा काठमाडौँमा आयोजित अन्तर संवादमा पार्टीलाई थप गतिशिल बनाउन आन्तरिक जनवादलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा जनताले जहिल्यै आशा गरिरहने अवस्था हुन्थ्यो तर हामीले दुई कार्यकालको व्यवस्था हटाउँदा त्यसमा पनि समस्या भो । अब हामीले आगामी महाधिवेशनबाट दुई कार्यकालको व्यवस्था पुनः कायम गरेर प्रभावकारी बनाउनुपर्छ । त्यसमा हामी सफल हुनेछौँ । जति धेरै सुशासनमा जोड दिएर सफलता मिल्छ युवा पुस्ताको आकर्षण त्यति नै हुन्छ । दशौँ महाधिवेशनपछिका निर्णय र कामको समिक्षा गर्नुपर्छ ।’

उहाँले पार्टीले राप्रपासँग चुनावमा गठबन्धन गरेर अवसरवाद देखाएको आरोप समेत लगाउनुभयो । सरकारमा जान कांग्रेस, माओवादी, रास्वपा, राप्रपासहितका दलसँग गरेको सहकार्यले अवसरवादको चरम नमुना प्रदर्शन भएको भन्दै दुख व्यक्त गर्नुभयो ।
सचिव विष्टले नयाँ पुस्ताले हस्तक्षेप र प्रतिनिधित्व चाहेको बताउँदै ४० मुनिका तर्फबाट कोटा नै निर्धारण गरेर केन्द्रीय सदस्य बनाउन पहल गर्ने बताउनुभयो । उहाँले महाधिवशनमा कोही प्राविधिक रूपमा पराजित भए उनीहरूले पनि जिम्मेवारी पाउने बताउँदै आग्रह र पूर्वाग्रहको व्यवहार नहुने स्पष्ट पार्नुभयो ।
विष्टले समयले नेतृत्व हस्तान्तरको माग गरिरकाले एमालेमा सामूहिक नेतृत्वको आवश्यकता रहेको समेत बताउनुभयो । गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने मान्छे पाइन्न
प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार १३:०६












