२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

पोखरा विमानस्थलमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहित ५५ विरूद्ध भ्रष्टाचार मुद्दा

२१ मंसिर, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गरेको छ । आयोगले पाँच मन्त्रीसहित ५५ विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दा अहिले दर्ता हुनेक्रममा रहेको छ ।

dainiki.com

आयोगले पूर्वमन्त्रीहरू डा. रामशरण महत, स्वर्गीय पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई प्रतिवादी बनाएको छ भने १० जना पर्यटन मन्त्रालयका तत्कालीन सचिवलाई समेत प्रतिवादी बनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आईतवार १४:५४