११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

केपी ओलीले नै संरक्षण गरिरहेको पाखुरा सुर्कने संस्कारमाथि गोकुल बाँस्कोटाको टिप्पणी

२१ मंसिर, काठमाडाैँ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै संरक्षण गरिरहेको पाखुरा सुर्कने संस्कारमाथि टिप्पणी गर्नुभएको छ । आइतबार बिहान फेसबुक मार्फत एक टिप्पणी सार्वजनिक गर्दै बाँस्कोटाले यो घातक संस्कार हुर्कन दिन नहुने बताउनुभएको छ ।

उहाँले प्रतिनिधि चयनमा धेरै ठाउँमा पाखुरा सुर्केको विषय सुनेपछि यस्तो टिप्पणी गर्नुभएको हो । नुवाकोटसहित विभिन्न जिल्लामा प्रतिनिधि छनोटमा पाखुरा सुर्केर सर्वसम्मतको नाम दिएर पार्टीका इन्चार्जहरूले आफू अनुकुलका कार्यकर्ता प्रतिनिधि बनाएर बिधि विधान केही नमानिएको भन्दै उजुरी समेत परेको छ । कतिपय ठाउँमा उम्मेदवारी समेत दर्ता गर्न दिइएको थिएन भने । नुवाकोटका पार्टीको विधान र निर्देशन विपरित ९ हजार रूपैयाँ बढी असुली गरिएको छ ।

dainiki.com

बाँस्कोटाले फेसबुकमा लेख्नुभएको छ, ‘चौथोमा विषेश कार्यक्रम सफल पार्न भनेर ईलाका वाईएलले(युथ लिग) बदम,मकै शिला खोजर सहयोग पठाईयो। तर पाँचौदेखि आजसम्म सातौ बाहेक प्रतिनिधिकै रुपमा सहभागि हुने अवसर पाईयो।प्राय सबैमा निति विचारकै बहस चर्किए,अहिले प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो । यो घातक संस्कार हुर्कन दिन हुदैन ।’

एमाले बागमती प्रदेश कमिटी सदस्य पूर्णलाल श्रेष्ठले मनोनयन नै दर्ता गर्न नदिइएपछि इन्चार्जका नाममा लेखेको पत्र ।

प्रकाशित मिति : December 7, 2025 at 9:29 am