१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

१९ मंसिर, दशरथचन्द (बैतडी) । जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो । उहाँ सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहनुभएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार ११:१०