१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ निर्माण सुरू, राधिका शाक्यद्वारा शिलान्यास

१८ मंसिर, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नयाँ निवासको शिलान्यास भएको छ । भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ निर्माणका लागि शिलान्यास गरिएको एमाले नेता महेश बस्नेतले फेसबूकमार्फत जानकारी गराउनुभएको छ ।

ओली पत्नी राधिका शाक्यले बिहीबार औपचारिक रूपमा भवन शिलान्यास गर्नुभएको हो । ‘ओली कुटी निर्माणको काम औपचारिक रूपमा शुरू गरिएको छ। आज राधिका आमाद्वारा शिलान्यास सम्पन्न भयो। अब निर्माण कार्य तीव्र गतिमा अघि बढ्नेछ,’ बस्नेतले फेसबूकमा लेख्नुभएको छ ।

बस्नेतले अध्यक्ष ओलीको नयाँ निवासको थ्रीडी इमेज समेत सार्वजनिक गर्नुभएको छ । जेनजी आन्दोलनका क्रममा बालकोटस्थित निवास आन्दोलनकारीले जलाएपछि ओलीका लागि नयाँ निवास बनाउन लागिएको हो ।

Screenshot

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार १६:१६