धोविखोलाको अनामनगर खण्डमा एक पुरूष साइकलसहित मृत भेटिए
१८ मंसिर, काठमाडौँ । धोविखोलाको अनामनगर खण्डमा एक जना व्यक्ति मृत भेटिएका छन । साइकलसँगै उनी मृत भेटिएका हुन । मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति सइकलसहित मृत फेला परेका हुन् ।

प्रहरीले मृत व्यक्तिको पहिचान गर्ने प्रयास गरिरहेको छ । रातिको समयमा पुलबाट सडकर्फत मोडिनेक्रममा साइकल खोलामा खसेको हुनसक्ने अनुमान गरिएको छ । यसअघि सोही ठाउँबाट दुईवटा कार खोलामा खसिसकेका छन । निरन्तर दुर्घटना हुँदा र जोखिम क्षेत्रको पहिचान हुँदा पनि काठमाडौँ महानगरपालिकाले यतातर्फ कुनै ध्यान दिएको पाइदैन ।
प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार ०८:५४












