मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान
१७ मंसिर, काठमाडाैं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गर्नुभएकाे छ ।
आगामी शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकिएको छ ।
प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १७:४२












