१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कांग्रेस सभापति उठ्ने गगन थापाको घोषणा

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएकाे छ । हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुराकानी गर्दै थापाले आसन्न १५ औं महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने घोषणा गर्नुभएकाे हाे ।

‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो र मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्वगर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने मलाई विश्वास छ’ थापाले भन्नुभएकाे छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १५:४०