बन्दीपुर केबलकारको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता
१७ मंसिर, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १३.५२ अंकले घटेर २६३१.१७ को विन्दुमा कायम भएको छ । बुधबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बुधबार ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बन्दीपुर केवलकारको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १८ करोड ४९ लाख रुपैयाँको काराेबार भएको छ । त्यस्तै, हिमालयन रिलायन्सको १७ करोड ८१ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १४ करोड ५३ लाख रुपैयाँ, ट्रेड टावरको १० करोड ४७ लाख रुपैयाँ र सिक्लेस हाइड्रोपावरको ९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १५:१५












