१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अवैध लागूऔषधसहित तारकेश्‍वरबाट नुवाकोटका एक जना पक्राउ

१७ मंसिर, काठमाडौं । अवैध लागूऔषधसहित नुवाकाेटका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं तारकेश्‍वर नगरपालिका-६ जीतपुर फेदी डेरा गरी बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-२ घर भएका ४३ वर्षीय कुल बहादुर तामाङ रहेका छन् ।

उनलाई अवैध लागूऔषध खैरो हेरोइन २ सय २३ ग्राम र डिजिटल तराजु १ थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हाे । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएकाे छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १३:१५