१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मुख्यमन्त्री नै नआएपछि स्थगित भयो मधेस प्रदेश सभा बैठक

१७ मंसिर, काठमाडाैं । मधेस प्रदेश सभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ। प्रदेश सभा सचिवालयले विश्वासको मत लिन बुधबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएको थियो । ढिलो गरी बैठक सुरु गरे पनि मुख्यमन्त्री यादवसहित एमाले सांसदहरू बैठकमा उपस्थित नभएपछि उपसभामुख बबिता कुमारी राउत ईशरले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभएकाे हाे ।

सर्वोच्च अदालतले सोमबार परमादेश जारी गर्दै २४ घण्टाभित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन भनेको थियो। उहाँले विश्वासको मत नपाएको खण्डमा पुनः संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री चयन प्रक्रिया अघि बढाउन सर्वोच्चले आदेश जारी गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार ११:१५