शुभम् पावरको अध्यक्षमा पौड्याल नियुक्त
१७ मंसिर, काठमाडौं। शुभम् पावर लिमिटेडको अध्यक्षमा जमुना पौड्याल नियुक्त हुनुभएको छ । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले पौड्याललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै, सोही बैठकले यसअघिका अध्यक्ष श्रीजेस गुरागाईको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । गुरागाईले आफ्नो कार्यव्यस्तताका कारण गत मंसिर १४ गते अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।
प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १०:५२












