१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

१७ मंसिर, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सुपर मादी हाईड्रोपावर र माउन्टेन इनर्जीको सेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले सुपर मादीकाे ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हाे । समायोजनपश्चात सुपर मादी हाईड्रोको सेयरमूल्य प्रतिकित्ता ७२२.८६ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७५९ रुपैयाँ कायम थियो ।

यस्तै माउन्टेन इनर्जीले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ५५७.५० रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६६९ रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १०:००