२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

टी-२० सिरिजको दोस्रो खेलमा नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट

१८ माघ, काठमाडौं । टी-२० सिरिजको दोस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेकाे छ । टस जितेर ब्याटिङ गरेको यूएईले आफ्नो पहिलो ओभरको अन्तिम बलमा अश्फाक अहमदलाई चार रनमा गुमाएको हो । नेपालका लागि सोमपाल कामीले विकेट लिए ।


पहिलो आभरको समाप्तिमा एक विकेटको क्षतिमा यूएईले चार रन बनाएको छ । आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् । टिमबाट रोहितकुमार पौडेल र बसन्त रेग्मी आउट हुदा ललितनारायण राजवंशी र पवन सर्राफ टिममा परेका छन् । सर्राफकाे यो टी-२० क्रिकेट डेब्यु खेल पनि हो ।

तीन खेलको टी-२० सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार १५:००