केशरमहलमा कारको ठक्करबाट एक जनाको मृत्यु, ट्राफिक प्रहरी घाइते
१६ मंसिर, काठमाडौं । काठमाडौंको केशरमहल चोकमा कारले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। मंगलबार अपराह्न केशरहल चोकमा कारले ट्राफिक कोणमा ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।
पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको पहिचान खुलिसकेको छैन। सोही कारले ट्राफिक प्रहरी प्रभाग दरबारमार्ग कार्यरत प्रहरी हवल्दार परशुराम ठाकुरलाइ पनि ठक्कर दिँदा उनको दुवै खुट्टा र छातीमा चोट लागेको छ। उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार १७:५३












