११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

१६ मंसिर, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएकाे हाे ।

सरकारले वित्तीय सुशासन कायम गर्न नगद कारोबारमा कडाइ गर्ने नीति लिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार आगामी माघ १ गतेदेखि लागू हुने गरी एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बैङ्किङ प्रणाली वा वित्तीय संस्थामार्फत मात्र कारोबार गर्नुपर्ने गरी सीमा निर्धारण गरिएको खरेलले जानकारी दिनुभयाे ।

त्यस्तै, सरकारले राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने निर्णय गरेकाे छ । सरकारले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक: सम्पती, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि ३० दिन थप गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : December 2, 2025 at 4:26 pm